images
images
  • २ चिनियाँ र १ भारतीयसहित १० निर्माण कम्पनी कालो सूचीमा !

    काठमाडौं– सरकारले जस्ट इन टाइम कन्स्ट्रक्सनसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सुरेन्द्र बस्नेतले सञ्चालन गरेको जस्ट इन टाइम कन्स्ट्रक्सनसहित १० कम्पनीलाई कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरेको छ । उक्त कन्स्ट्रक्सनलाई एक वर्ष कुनै पनि खरिद कार्यमा संलग्न हुन नपाउने गरि कालो सूचीमा राखेको हो ।

    शुक्लागण्डकी नगरपालिकाको सिफारिसमा जस्ट इन टाइमले दुलेगौंडा–तनहुुँको नगर कार्यपालिकाको कार्यलय निर्माण कार्य अलपत्र पारेको भन्दै कालो सूचीमा राखेको हो ।

    यस्तै हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइन आयोजना अलपत्र पारेको भन्दै चिनियाँ कम्पनी तथा विद्युत प्राधिकरणको सिफारिसमा अर्को एक चिनियाँ कम्पनी, भारतीय आरभाली इन्फ्रापावर, सुनसरीको बलिया कन्स्ट्रक्सन, काठमाडौं बुद्धनगरको जोनशन कन्स्ट्रक्सन, ललितपुरको सैलुुङ कन्स्ट्रक्सन, मोरङको महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज, मोरङको एस्पियल ग्रुप अफ इन्जिनियर्स, सुनसरीको सर्जिमेड सर्जिमेड डिस्ट्रिब्यूसन सुनसरी र तुम्येहाङ निर्माण सेवा पाँचथरलाई कालो सूचीमा राखेको छ ।

    1 6

    प्रतिक्रिया दिनुहोस्
    images
    images