images
images
  • चुनावका लागि आयोगले माग्यो १० अर्ब ९८ करोड

    काठमाडौँ- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग बजेट मागेको छ ।

    १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार बजेटका लागि शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ ।

    आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images