images
images
  • रुसमा १० सन्तान जन्माउने महिलालाई २० लाख दिने पुटिनको घोषणा

    मस्को- रुसको जनसंख्या कम भइरहेको छ । यसले देशका राष्ट्रपति भ्लादिमिर पुटिनलाई तनावमा पारेको छ । उनले यो संकटबाट निस्कनका लागि महिलालाई १० जना सन्तान जन्माउन आग्रह गरेका छन् । यस्तो गर्दा महिलालाई लगभग १६,००० डलर (२० लाख रुपैयाँ) दिइने द टाइम्सले बताएको छ ।

    १० बालबालिका जन्माउने महिलालाई ‘मदर इन्डिया’ नामको अवार्ड पनि दिइनेछ । यो अवार्ड दोस्रो विश्वयुद्धका बेला दिने गरिन्थ्यो । त्यतिबेला पनि रुसको जनसंख्या तीब्र रुपमा घटिरहेको थियो । रुसले सन् १९९१ मा सोभियत संघ टुटेपछि यो अवार्ड दिन बन्द गरिएको थियो ।

    पुटिनको यो निर्णयमाथि रुसी राजनीति र सुरक्षा विशेषज्ञ डा। जेनी म्याथर्सले विरोध गरेकी छिन् । उनले भनिन्, ‘यो वास्तवमा नै निकै अचम्मको कदम हो । मेरो भन्नुको अर्थ के हो भने रुसको जनसंख्यामा गिरावट पक्कै आएको छ । सन् १९९० को दशकपछि जनसंख्या बढाउन कोसिस पनि भइरहेको छ । रुस–युक्रेन युद्धपछि स्थिति थप मुश्किल भएको छ । थुप्रै रुसी सैनिकको ज्यान गएको छ ।’

    ‘कोरोना भाइरसले पनि मानिसको ज्यान लिएको छ । महिलालाई ठूलो परिवार बनाउन यो एक प्रयास हो तर १६ हजार डलरमा १० जना बच्चा कसरी हुर्काउने ? उनीहरु कहाँ बस्ने ? रुसमा थुप्रै आर्थिक, सामाजिक र राजनीतिक समस्या छन् ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images