images
images
  • दिनमा २०० पटक भाले बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा दर्ता

    काठमाडौं- जर्मनीका एक वृद्ध दम्पत्तिले एउटा निकै सक्रिय कुखुराको भालेका लागि छिमेकीलाई अदालतसम्म पुर्याएका छन् । कुखुराको भालेले दिनमा २०० पटक बासेको र यसकारण आफूहरुले आरामसमेत गर्न नपाएको भन्दै ती वृद्ध दम्पत्तिले आपत्ति जनाएका छन् ।

    पश्चिम जर्मनीको ब्याड साल्जुफ्लेनमा बस्ने ७६ वर्षका फ्रिडरिच–विलहेम र उनकी श्रीमती जट्टाले छिमेकको कुखुरा म्याग्डाका कारण विगत लामो समयदेखि आफूहरु शान्तसँग बस्न नपाएको गुनासो पोखेका छन् । उनीहरुका अनुसार उक्त भाले बिहान ८ बजेदेखि बास्न थाल्छ र बेलुकी सूर्यास्त नभएसम्म चुप लाग्दैन । म्याग्डाले आफूहरुलाई शान्तसँग बस्न नदिएको बारे छिमेकीलाई धेरैपटक बताएपनि समाधान नभएपछि आफ्नो समस्या लिएर फ्रेडरिच र जट्टा अदालत पुगे ।

    ‘छिमेकीले कुखुराको समस्या हल गर्न पहल नगरेपछि हामीले कि त यसरी नै बाँच्न सिक्नुपर्छ कि अदालतमा मुद्दा जित्नुपर्छ,’ फ्रेडरिचले पत्रकारलाई भने । ‘हामीले हाम्रो गार्डेन प्रयोग गर्न पाएका छैनौँ, झ्याल खोल्न पाउँदैनौँ । यो साँच्चै नै असह्य छ ।’

    ‘टर्चरबारे कुरा गर्न गाह्रो छ, तर हामीलाई त्यस्तै भएको छ,’ उनकी श्रीमती जट्टाले थपिन् । यो जोडीका वकिल, टोर्स्टेन गिइसेकेले अति सक्रिय उक्त भाले शान्त आवसीय स्थलमा पर्दैन । दुई वर्ष अघि म्याग्डाले यसरी नै कराएर अर्का छिमेरी घर छोडेर गएका थिए ।

    फ्रेडरिच र जट्टाले अदालतमा प्रमाणको रुपमा म्याग्डा बासेको रेकर्ड गर्न थालेका थिए । म्याग्डाका मालिकसँग कुरा नमिलेपछि आफूसँग यहि एउटा मात्रै विकल्प बाँकी रहेको उनीहरुले दाबी गरे ।​ म्याग्डाका मालिक माइकल डी। ले पत्रकारसँगको कुराकानीमा आफ्नो कुखुराको बथानमा भालेले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताउँदै भने, ‘कुखुरालाई भाले चाहिन्छ, नत्र एक–अर्कालाई ढुङ्न थाल्छन् ।’

    यो मुद्दाबारे लेम्गो डिस्ट्रिक्ट कोर्टमा छिट्टै नै सुनुवाई हुनेछ । (एजेन्सी)

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images