२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा २९७ मत खस्यो, केहीबेरमा मत गणना सुरु

लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा २९७ मत खस्यो, केहीबेरमा मत गणना सुरु


दाङ। लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा २९७ मत खसेको छ । केहीबेरमा मतगणना गरिने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने छ ।

बिहान ९ बजेदेखि सुरु भएको मतदानमा २९७ मत खसेको हो । जम्मा तीन सय मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर जबराले चुनाव बहिष्कार गरेका थिए भने अन्य दुई जना मतदाता बिरामी भएर काठमाडौँमा रहेकाले मतदान गर्न नआएको जनाइएको छ ।

प्रदेश सभा सदस्य ८३ जनाले नै मतदान गरेका छन । पालिकातर्फको तीन मत नखसेको हो । ३ बजेसम्म मतदानको समय राखिएको थियो ।

कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । त्यसपछि रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दीर्घनारायण पाण्डेय उम्मेदवार बनेका छन् ।

निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको थियो । प्रदेशसभा सदस्यका लागि ९क०, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n