images
images
  • सशस्त्र प्रहरीद्धारा १० लाख बराबरको यार्सागुम्बा बरामद

    बाँके– बाँकेको जानकी गाँउपालिका१ पंचपोखरबाट सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

    अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो । सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडेर भागेका थिए ।

    बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images