काठमाडौं- मान्छेले आफ्नो पैसा सुरक्षित राख्न बैंकमा जम्मा गर्छन् । बैंकमा पैसा सुरक्षित हुन्छ भन्ने कुरामा मान्छे ढुक्क हुन्छन् । तर बैंककै कर्मचारीले फर्जी चेक बनाएर आफ्नो ग्राहकको पैसा गायब बनाएको भन्दा अचम्म लाग्न सक्छ । हो यस्तै घटना घटेको छ । ग्लोबल आइएई बैंक सिराहा मिर्चैयाका कर्मचारीले आफ्ना ग्राहकको खाताबाट फर्जी चेक बनाएर मिल्दो जुल्दो हस्ताक्षर गरेर पैसा झिक्ने गरेको कुरा बाहिरिएको छ ।
ग्लोबल आइएई बैंकमार्फत कारोबार गर्दै आएका धनुुषाको राम प्रयाग सुडीको खातामा चैत ३० गतेसम्म ८ लाख १२ हजार २ सय २० रुपैयाँ थियो । बैशाख ४ गते उनको दाई रामपति शाहलाई केही रकम आवश्यक परेपछि राम प्रयागले २ लाख रुपैयाँको चेक दिएको बताए । उनको दाईलाई बैंकमा पैसा निकाल्न जादा खातामा पैसा नभएको भन्दै फर्काइदिएका थिए । त्यसको केही समयपछि बैंकको कार्यलय सहयोगी विजय महासेठले तुरुन्तै राम प्रयागलाई फोन गरेर खातामा ८ लाख १२ हजार मात्र भएको र चेक २० लाखको भएर फर्काएको बताए । चेक भने २ लाखकै थियो । उनको दाई फेरी बैंक गए । पुनः बैंक जादा तेही चेक साटिएको हो ।
अर्कोतर्फ, फेरी उनी बैंकको शाखा इटहरीस्थित १ लाख निकाल्न पुगेका थिए । त्यती बेला पनि खातामा पैसा नभएको जानकारी पाए । त्यसको केही बेरमा फेरी र्मिचिया शाखाकै विजयले पैसा मुदती खातामा रहेको भन्दै फोन गरेको बताइएको छ । इटहरीका कर्मचारीले खाताको अवस्था ठीक भएको र पैसा सबै निकाली सकेको स्टेटमेन्ट दिएको सुडीले बताए ।
स्टेटमेन्ट हेर्दा राम प्रयागसँग भएको चेक र पैसा निकालेको चेक मेल खाएको छैन् । उक्त फर्जी चेकबाट विधिन्न मीतिमा पैसा निकालीएको पाइएको छ । पहिलोपटक चैत ३० गते २ वटा फर्जी चेकबाट ७ लाख ७५ हजार निकालीएको देखियो । बैशाख ४ गते फेरी राम प्रयागकै नाममा अर्कै व्यक्तिद्धारा ७ लाख ७५ हजार जम्मा गरेको देखियो । त्यसपछि फेरी वैशाख ९ गते फर्जी चेकबाट २ लाख १० हजार तथा वैशाख १२ गते ४ लाख निकालीएको स्टेटमेन्टमा उल्लेख छ । उक्त पैसा न राम प्रयागले निकालेका थिए न त परिवार र आफन्तले नै निकालेका थिए।
त्यस्तै राम प्रयागले मिर्चैयास्थित बैंकमा पुुगेर स्टेटमेनट, पैसा जम्मा गरेको भौँचर र सिसि टिभी फुुटेज माग्दा बैंकले नदिएको गुनासो गरेका छन् । त्यसपछि बैंकका कार्यलय सहयोगी विजय महासेठ र राम कुमार महासेठ उनको घर पुुगेर घटना गुपचुप राख्न धम्की दिएको बताए ।
यस विषयमा बैंकका मिर्चैया शाखा प्रमुख सुरेश कुमार श्रेष्ठले सम्बन्धित व्यक्तिले पैसा पाइसकेको र उजुरी नगरेकोले कारबाही अघि नबढेको प्रतिकृया दिएका छन् ।


विश्व खबर 



















