
काठमाडौं- नेपाली बजारमा साओमी १२ लाइट छिट्टै नै सार्वजनिक हुने भएको छ । कम्पनीले यो अल्ट्रा स्लिम फाइभजी स्मार्टफोन चाँडै नेपाली उपभाेक्ताका लागि उपलब्ध गराउने तयारी गरेकाे हाे ।
साओमी १२ सिरिज अन्तर्गतको चौंथौ मोडलका रूपमा रहेकाे साओमी १२ लाइट यसअघिका लाइट मोडलजस्तै पातलो र हलुका हुनेछ ।
साथै यसले मिडरेन्ज प्रोसेसर प्रयोग गर्नेछ भने मूल्य पनि साओमी १२ सिरिजका अन्य मोडलमध्ये निकै सस्तो हुने बताइएकाे छ ।
यसमा ६७ वाटको टर्बो चार्जिङ प्रणाली प्रयोग गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्