images
images
  • ‘म भित्र ठूलो पीडा छ, यो व्यक्त नगरी बस्न सक्दिनँ’ : मोदी

    काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूभित्र ठूलो पीडा भएको बताएका छन् । स्वतन्त्र दिवसको अवसरमा लाल किल्लाबाट देशको नाममा गरिएको सम्बोधनमा उनले यस्तो भनेका हुन् ।

    ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा उनले भने, ‘मेरो मनमा एउटा निकै ठूलो पीडा छ । म यो पीडा व्यक्त नगरी बस्न सक्दिनँ ।

    मोदीले भने, ‘कुनै न कुनै कारणले हामीभित्र एउटा यस्तो विकृति आएको छ । हाम्रो बोलीचालीमा, हाम्रो व्यवहारमा, हाम्रा केही शब्दमा… हामी नारीको अपमान गर्छौँ । के हामी स्वभावले, संस्कारले, दैनिक जीवनयापनमा नारीलाई अपमानित गर्ने हरेक कुरासँग मुक्तिको संकल्प लिन सक्छौँ ?’

    उनले थपे, ‘नारीको गौरव राष्ट्रको सपना पूरा गर्ने निकै ठूलो पुँजी बन्ने वाला छ । त्यसैले मेरो यो तपाईंहरु सबैसँग आग्रह छ ।’

    प्रतिक्रिया दिनुहोस्

    images
    images