images
images
  • इरानले बोल्टनको हत्या गर्ने षडयन्त्र रच्योः अमेरिका

    न्युयोर्क- अमेरिकी न्याय मन्त्रालयले ह्वाइट हाउसका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हत्या योजना गर्ने इरानी षड्यन्त्रको पर्दाफास गरेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्पस्का एक सदस्यविरुद्ध आरोप लगाएको छ ।

    न्याय मन्त्रालयले मेहदी रेजायीसमेत भनिने ४५ वर्षीय शाहराम पोरसाफीले संयुक्त राष्ट्रका लागि पूर्वअमेरिकी राजदूतसमेत रहेका बोल्टनको हत्या गर्न संयुक्त राज्य अमेरिकामा एक व्यक्तिलाई ३ लाख डलर तिर्न प्रस्ताव गरेको दाबी गरेको छ ।

    सन् २०२० को जनवरीमा इराकमा शीर्ष गार्ड कमण्डर कासिम सुलेमानीको अमेरिकी हत्याको बदलाा उक्त षडयन्त्र रचिएको मन्त्रालयले जनाएको छ । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images