images
images
  • इजरायली सेनाको हमलामा दुई प्यालेस्टाइनीको मृत्यु, ४० जना घाइते

    गाजा सिटी- इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्ने क्रममा एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको छ ।

    गाजाको तटीय क्षेत्रमा इजरायल र इस्लामिक जिहाद लडाकुबीचको घातक लडाइँ युद्धविरामद्वारा रोकिएको दुई दिनपछि पछिल्लो हिंसा भएको हो ।

    नाब्लसको पुरानो सहरमा प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच गोली हानाहान गरेका छन् । गोली हानाहानमा ४० प्यालेस्टिनी घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर छ ।

    ‘आतंकवादी इब्राहिम अल–नाबुलसी नाब्लस शहरमा मारिएको थिए’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images