images
images
  • चीनले रोक्यो ताइवान वरपरको सैन्य अभ्यास

    बेइजिङ- चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि क्रुद्ध बेइजिङले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो ।

    अमेरिकी वरियाताक्रममा राष्ट्रपतिपछिकी पेलोसीको भ्रमणपछि वासिंगटनसँगको वार्ता र सहयोग सम्झौताहरूको श्रृंखला समाप्त पारिदिएको छ । विशेष गरी जलवायु परिवर्तन र रक्षा क्षेत्रमा गरिएका सहयोग सम्झौत अन्त्य गरिदिएको हो ।

    ताइवान वरपर लडाकु जेट, युद्धपोत र ब्यालिस्टिक मिसाइलहरू पनि तैनाथ गरेको छ, जसलाई विश्लेषकहरूले नाकाबन्दी र टापुको अन्तिम आक्रमणको अभ्यासको रूपमा वर्णन गरेका छन् । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images