images
images
  • इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

    नेपालगञ्ज- श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।

    उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए ।

    बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिए ।

    उनका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images