काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत घर–जग्गा धितोमा कायम गरेको ऋणको नयाँ सीमा बुधवारबाट कार्यान्वयनमा आएको छ। राष्ट्र बैङ्कले सबै वर्गका वित्तीय संस्थालाई बुधवार एकीकृत निर्देशिका पठाएर मौद्रिक नीतिमा रहेको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
अब काठमाडौँ उपत्यकाको हकमा जग्गा धितोबाट पाइने ऋणको सीमा ३० प्रतिशत र काठमाडौँ उपत्यका बाहिरको हकमा ४० प्रतिशत भएको छ।
यसअघि काठमाडौँ उपत्यकाको हकमा ४० प्रतिशत र अन्यको हकमा ५० प्रतिशत थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















