काठमाडौं- के तपाई सामाज सेवामा संलग्न हुन चाहनुहुन्छ तर माध्यम पाउनु भएको छैन् ? कसरी गर्ने भन्ने कुरामा चिन्तित हुनुहुन्छ ? अव यस्तो कुरामा चिन्ता गर्ने दिन गयो । यो समस्यालाई न्यूनिकरण गर्नको लागि स्थापना भएको छ सुखावती स्टोर । जसको मूख्य उद्देश्य गरिबी न्यूनिकरण, वातावरण संरक्षण र रोजगारी सृजनाका निमित्त दिगो रुपमा सामाजिक उद्यम सञ्चालन गर्नु हो ।
सुखावती स्टोरले विगत ८ वर्ष देखि समाज सेवाका साथै फोहोर व्यावस्थापन र वातावरणीय सन्तुलनमा पनि मद्दत गर्दै आएको छ । यस स्टोरले पुरानो सामान पुनः प्रयोगमा ल्याउने भएकाले यसले फोहोर व्यवस्थापन र वातावरणीय सन्तुलनमा मद्दत पुर्याउने दावी गर्छन अध्यक्ष चीजमान गुरुङ ।
धनी मान्छेले मात्र सामाजको लागि केहि गर्न सक्छ भन्ने मानसिकता भएका मान्छेहरुको सोच बदल्नको लागि गुरुङले सन् २०१४ मा सुखावती स्टोरको स्थापना गरेका थिए । घरमा प्रयोग नआएका सामान जस्तै किताब, फर्निचर, कपडा, खेलौना, विद्युतीय सामान, तरकारी तथा फलफूल, गमलासहित नर्सरीका सामान, जुत्ता, चप्पल तथा कस्मेटिकका सामानहरु मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोग गर्ने गरेको छ यस स्टोरले । उक्त सामानहरु स्टोरले दानमा लिएर त्यसलाई मर्मत सुधार र प्रशेधन गरी पुनः प्रयोगमा ल्याउछ । ‘त्यस सामानहरुको अवस्था हेरी १० देखि २०० रुपौँयासम्म मूल्य निधारण गरेको हुन्छौँ’, उनले भने, ‘त्यही सामान विक्री गरेर आएको पैसाले सामाजिक कार्यमा खर्च गर्दै आएका छौँ ‘।
कहाँ–कहाँ छ शुखावती स्टोर ?
सन् २०१४ सालमा स्थापना भएको यस स्टोरले एक भन्दा धेरै शाखा खोल्न सफल भएको छ । यस स्टोरका अध्यक्ष गुरुङका अनुसार काठमाडौंस्थित सामाखुशीको सानो सटरबाट सुरु गरेको उक्त स्टोर अहिले ४ ठाउँमा खोलिएको छ । सामाखुशीपछि नेपालटारमा खोलिएको थियो । ‘बनस्थली र झम्सीखेलमा भने खोल्ने तयारीमा छौँ’, उनले भने, ‘डेकोरेशनको काम भइरहेको छ लगभग एक हप्तामा सबै काम सक्काएर व्यवसाय सुरु गर्ने अनुमान छ’ । सामाखुशी र नेपालटारमा ठाउँ सानो भएर बनस्थलीमा ठूलो ठाउँ हेरेर गएको उनको भनाइ छ ।
कसरी स्थापना भयो सुखावती स्टोर ?
वेैदेशिक रोजगारीको शिलशिलामा कोरिया गएका चिजमान गुरुङको जन्म कास्की जिल्लामा भई हाल काठमाडौं बस्दै आएका छन् । आज भन्दा करिव १७ वर्ष अगाडि कोरिया गएका गुरुङले त्यहाँको ब्युटीफूल स्टोरमा काम गर्ने मौका पाए जहाँ सेकेन्ड ह्यान्ड सामान वेच्थे । सुरुमा त अचम्म माने उनले । त्यहाँ त एकपटक प्रयोग भइसकेको सामान पनि बेच्ने रहेछन् ।
‘मैले त्यँहा साढे दुई वर्ष काम गरे’ । ‘कोरियामा यस्ता पसल १४० वटा छन् जुन एकदम राम्रो चलेको पाए’, उनले भने, ‘कोरिया जस्तो विकशित देशमा त पुराने सामान बेचेर आवश्यक पर्नेलाई सहयोग गरिन्छ भने नेपालमा किन न गर्ने ?’ त्यसपछि उनले नेपालमा पनि यो काम आफैँ गर्ने योजना बनाए। त्यहाँ काम गर्ने बेला व्यवस्थापन कसरी गर्ने, कसरी सुरुवात गर्ने सबै आइडिया लिन थाले । सबै कुरा थाहा भएपछि उनी नेपाल फर्कने योजना बनाए । नेपाल आएपछि कसरी सुरु गर्ने भन्ने सबै साथीहरुसँग योजना सुनाउँदै सल्लाह लिन थाले । उनले भने, ‘सबैले राम्रो छ गर भनेपछि मैले हिम्मतका साथ सुखावती स्टोरको स्थापना गरेको हो’ ।
सडकबाट सुरु भएको सुखवती स्टोर
सन् २०१४ सालमा सुखावती स्टोर स्थापना गरेसँगै उनले सामान कसरी बटुल्ने भन्ने चुनौतीको सामान गर्नु पर्यो । उनले सुरुका दिनमा आफ्नो र संस्थामा कार्यरत साथीहरुको सामानहरु ल्याएर यसलाई पुनः प्रयोग योग्य बनाए । सबै काम सकियो । अब कहाँ लगेर बेच्ने ? ‘त्यो समयमा हाम्रो पसल थिएन’, उनले भने, ‘त्यसैले बसुन्धराका बाटोमा राखेर बेच्न थाल्यौँ’ । सुरु सुरुमा ग्राहकहरुलाई चित्त बुझाउन सहज नभएको सुनाए । ग्राहकहरुले प्रश्न गर्थे । सस्तोमा बेच्ने यी सामान कहाँबाट ल्याएको, कतै चोरेको त हैन् ? उनले सबैको चित्त बुझाउने जवाफ दिने प्रयास गर्दै गर्दा विस्तारै मान्छेको मनमा भएको भ्रम हटाउन सफल भएको बताउँछन ।
समय बित्दै गयो । मान्छेहरुले बुझ्दै गए । ‘बसुन्धराका मान्छेले नै घरमा भएका उनीहरुलाई प्रयोगमा नआएका सामान दिन थाले’, उनले भने, ‘सामान धेरै आउन थालेपछि बाटोमा सामान नअटाएपछि सटरमा सरेको हो’ ।
११ जनालाई रोजगार
सुखावती स्टोरले महिला रोजगारीलाई पनि विशेष जोड दिएको छ । यसको मूख्य उद्देश्य मानिसहरुलाई रोजगारीको अवसर प्रधान गर्नु पनि हो । यस स्टोरले ११ जना महिला तथा पुरुषलाई रोजगारी दिएको छ । धेरै संख्यामा महिलाहरुले काम गर्दै आएको गुरुङले बताए । यस्तै, यहाँ बोल्न नसक्ने महिलालाई पनि कामको अवसर दिएका छन् । ‘यो स्टोरमा महिलालाई मात्र नभएर बोल्न नसक्ने पुरुषलाई पनि रोजगारी दिएका छौँ’, उनले भने, ‘यस्तो भएपछि उनीहरुलाई पनि बाच्ने हौसला बढ्छ’ । यहाँ कार्यरत सबै कर्मचारीलाई सकेको तलब दिने गरेको बताए ।
एकको दान अर्कोलाई वरदान
घर तथा कार्यालयमा प्रयोग विहिन भएर बसेको सामान तपाई कसरी वयवस्थापन गर्नु हुन्छ ? तपाईको पुराना सामान अरुको लागि नयाँ हुन सक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै सुखावती स्टोर यहाँसम्म आइपुगेको छ । घरमा प्रयोग नआएका किताब, फर्निचर, कपडा, खेलौना, विद्युतीय सामान, तरकारी तथा फलफूल, गमलासहित नर्सरीका सामान, जुत्ता, चप्पल तथा कस्मेटिकका सामानहरु मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोग गर्ने गरेको छ यस स्टोरले । यस्ता सामान बेचेर यसबाट भएको आम्दानीले जरुरत पर्नेहरुलाई सहयोग गर्दै आएको गुरुङले बताए । यहाँ हरेक सामान १० देखि २०० रुपैँयासम्म पाइन्छ । कुनै कुनै सामान धेरै मूल्यको पनि हुन्छ । कुनै पनि कपडाको डिजाइन अनि त्यसको अवस्था हेरेर मूल्य तोक्ने गरेको बताउँछन् । यसबाट आएको पैँसाको साहायताले अहिलेसम्म धेरैनै सहयोग गर्दै आएको गुरुङको दावी छ ।
के–के गर्यो सुखावती स्टोरले ?
यस स्टोरले अरुको घर तथा कार्यलयमा प्रयोग विहिन भएको सामानहरुलाई सस्तोमा १० देखि २०० रुपौँयामा बेचेर धेरै राम्रो कार्य गर्दै आएको छ । सुरुवातको दिनदेखिनै समाजमा देखापर्ने समस्यालाई समाधान गर्ने कोशिस गर्दै आएको छ । ‘दशैंको बेला सबैले दशैं मनाउनु पर्छ भनेर ४–४ हजारको प्याकेज बनाएको हुन्छौँ’, उनले भने, ‘सो प्याकेज दशै मनाउन नसक्नेहरुलाई उपलब्ध गराउर्दै आएका छौँ ‘। दशैंको वेला एक वर्षमा ४० जनालाई यसरी सहयोग गरेको बताउँछन् । अर्को तर्फ, यही वर्ष २०७९ बाट रानीबनको मानब आश्रममा नर्स परिचालन गरेको छ । यस स्टोरले नै तलव उपलब्ध गराउदै आएको छ । आश्रमका वृद्ध आमा बुबाको स्वास्थ्यलाई ध्यानमा राखी नर्स परिचालन गरेको उनको भनाइ छ ।
यस्तै, इलाम गुल्मीका विधार्थीहरुलाई पनि लत्ताकपडाहरु सहयोग गर्दै आएको छ । सबैलाई यथावत नै छ । २०७२ सालको भूकम्पले धेरै नेपालीहरुलाई घर तथा परिवार विहिन बनाएको थियो । यही समयमा भक्तपुरको परिवार विहिन भएका राज र रोजा नाम गरेका दाजु बहिनीलाई यस स्टोरले पढाई खर्च हेरिदिएको छ । ‘त्यति बेलादेखि अहिलेसम्म पनि उनीहरुलाई हामीले सक्दो सहयोग गर्दै आएका छौँ’, उनले भने, ‘उनीहरुले पनि राम्रो पढेर अहिले छात्रवृद्धिमा राजले बुटवालमा डाक्टर पढ्दै छन् भने रोजाले ख्वापा कलेजमा इन्जिनियर पढदै छिन्’ । उहाँको बाबा सुस्त मनोस्थिति भएको कारण रासन पानी हामीले नै दिने गरेका छौँ साथै, उनीहरुलाई पढाईको शिलशिलामा चाहिएको दुुई थान ल्याप्टप पनि दिएका छौँ, उनले सुनाए । भुकम्पको समयमा नै विभिन्न ठाउँमा गएर रासन पानी लता कपडाहरु सहयोग गरेको उनले दाबी गरेको छन् । बाढी पीडितहरुलाई पनि सहयोग गर्दै आएको उनले बताए ।
यस स्टोरले वातावरण संरक्षण गर्नको लागि विभिन्न स्कुलमा गएर जन चेतनाको कार्यक्रम सञ्चालन गर्ने गरेको पाइएको छ ।
नेपालमा यस्तो व्यवसायलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको पाइएको छ । अझै नेपालीको सोच परिवर्तन गर्न आवश्यक रहेको छ । यसले गरिब दिन दुःखीलाई सहायता पुग्नुको साथै फोहोर व्यवस्थापन र वातावरण संरक्षण पनि गरेको उनको दावी छ । उनले आगामी दिनहरुमा यस स्टोरलाई फरक तरिकाले लैजाने बताएका छन् । उनको योजनाहरु बृहत रहेको छ । काठमाडौंमा मात्र नभएर अन्य ठाउँहरुमा पनि सुखावती स्टोर हुनुपर्ने उनको भनाइ छ । ‘अब आउने दिनहरुमा नेपाली ब्राण्डलाई बजारीकरण गर्ने योजना रहेको छ’, उनले भने, ‘नेपाली उत्पादनहरु सबैभन्दा पहिले नेपालमै खपत हुने गरी मूल्य तय हुनुपर्छ’ ।


विश्व खबर 



















