images
images
  • प्लेनको खानामा सर्पको टाउको भेटेपछि…

    काठमाडौं- टर्किस एयरलाइन्स कम्पनीको सनएक्सप्रेसकी एक कर्मचारीले आफ्नो खानामा सर्पको टाउको भेटेकी छिन् । सर्पको टाउको पनि त्यतिबेला भेटियो जब उनले आफ्नो धेरैजसो खाना खाइसकेकी थिइन् ।

    गत हप्ता टर्कीबाट जर्मनी जाँदै गरेको विमानमा खानामा सर्पको टाउको भेटिएको हो । जुलाई २१ तारिखमा विमानका कर्मचारी टर्कीको राजधानी अंकाराबाट जर्मनीको डसेलडोर्फ जानका लागि बिहानैदेखि आफ्नो कार्यक्षेत्रमा खटिएका थिए ।

    उडिरहेकै बेला चालक दलका सदस्य ब्रेकफास्ट गर्न बसे । यसमा ड्रिङ्क, सलाद, ब्रेड रोल र हरियो सागको तातो झोल समावेश थियो । विमान परिचारिकाले आफ्नो खानामा सर्पको काटिएको टाउको भेट्टाउँदा उनले आफ्नो आधा खाना खाइसकेकी थिइन् ।

    सलाद र सागको बीचमा सर्पको टाउको थियो । उक्त सर्पको टाउको ठूलो अंगुरको आकारको थियो ।

    सन एक्सप्रेसले क्याटरिङ कम्पनीसँग सम्झौता रद्द गरेको जानकारी दिएको छ । एयरलाइन्सका प्रवक्ताले भनेका छन्, ‘हाम्रो ग्राहकलाई विमानभित्र प्रदान गरिने सेवा उच्च गुणस्तरको होस् भन्ने हाम्रो चाहना हो । यसका साथै हाम्रा ग्राहक र कर्मचारी दुबैले सहज र सुरक्षित उडानको अनुभव गराउने हाम्रो उच्च प्राथमिकतामा पर्छ ।’ (एजेन्सी)

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images