images
images
  • बाँकेमा नव-विवाहित दम्पती मृत फेला, हत्या गरिएको आशंका

    बाँके- बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।

    मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए।

    घरको माथिल्लो तलामा दाइ भाउजु बस्दा रहेछन्,’ डिएसपी न्यौंपानेले भने, ‘आफ्नै घरको तल्लो तलामा बसेका नब विवाहित दम्पत्ति मृत फेला परेका हुन्।’

    कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको थियो। ‘पोष्टमार्टम नहुँदासम्म घटनाबारे भन्न सक्ने अवस्था छैन,’ डिएसपी न्यौंपानेले भने, ‘ सरसर्ती नियाल्दा विषादी सेवन गरी आत्महत्या गरेको जस्तो घटना देखिदैन।’

    उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ ।

    “घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, प्रनाउ न्यौपानेले भने । उनले घटना शङ्कास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताए ।

    घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images