images
images
  • म्यानमारको सेनाद्वारा ४ प्रजातन्त्रवादी कार्यकर्तालाई मृत्युदण्ड

    यांगुन- म्यानमारको सेनाले चार प्रजातान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएको छ । दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको हो ।

    पूर्वसांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई ‘आतंकवादी कार्य’मा संलग्न रहेको आरोप लगाइएको थियो ।

    1 6

    जुनमा सेनाले पहिलो पटक घोषणा गरेको मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । जुन्ता सरकारले गत वर्ष फेब्रुवरीमा आङ सान सुकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सरकारलाई अपदस्त गरेको थियो ।

    म्यानमारको मिलिजुली सरकार मृत्युदण्डको निन्दा गरेको छ । मृत्युदण्डको खवरले आफूहरू ‘अत्यन्तै स्तब्ध र दुःखी’ भएको सरकारका घटकले जनाएका छन् । प्रजातन्त्र समर्थक व्यक्तित्वहरू, सशस्त्र जातीय समूहका प्रतिनिधिहरू र एनएलडीका सदस्यहरू मिलेर गठबन्धन सरकार बनेको छ । -एजेन्सी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images