images
images
  • नेपाली बजारमा रेड्मीको सस्तो फोन आउँदै

    काठमाडौं- साओमीले नेपाली बजारमा रेड्मीको सस्तो फोन ल्याउने तयारी गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले चाँडै नै ‘रेड्मी १०ए’ (Redmi 10A) नामको स्मार्टफोन ल्याउने जानकारी दिएको हो ।

    दुई ओटा सिम लाग्ने फोनमा ६.५३ इन्चको एचडी प्लस डिस्प्ले छ । यसमा १० वाटको फास्ट चार्जिङ सहित ५००० एमएएच ब्याट्री रहेको फोनमा मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ ।

    त्यस्तै २ मेगापिक्सेलको डेप्थ क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि फोनमा ५ मेगापिक्सेलको क्यामेरा छ ।

    एन्ड्रोइड ११ मा आधारित मियूआई १२.५ मा चल्ने फोनमा मिडियाटेक हेलियो जी२५ चिपसेट छ ।

    कम्पनीले कुन र्‍याम/स्टाेरेज भेरियन्ट कति मूल्यमा उपलब्ध हुने भन्ने विषयमा विस्तृत विवरण खुलाएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images