images
images
  • बाख्राले मान्छे जस्तै पाठा जन्माएपछि…

    अनौठो संसार केही महिनाअघि अर्जेन्टिनामा एक किसानको बाख्राले मान्छेकै जस्तो रुप भएको पाठो जन्माएको खबरले सबैलाई आश्चर्यमा पारेको थियो ।ती किसानमाथि गाउँलेहरुले बाख्रो करणीको आरोप लगाएको र उनलाई बसिटिक्नु नभएको भन्ने खबर आएको थियो ।

    तर, अहिले भने हाम्रो छिमेकी भारतमै एउटा बाख्राले मान्छेको जस्तै बच्चा जन्माएको छ । त्यो पनि एउटा होइन, दुई दुई वटा ।भारतको कर्नाटकस्थित मैसूर जिल्लामा पर्ने सोलेपुर गाउँका भास्कर नामका किसानको घरमा पालेको बाख्रीले मान्छेकै जस्तो रुप भएका जुम्ल्याहा पाठा जन्माएको हो ।

    गाउँमा बाख्रोले मान्छेकै जस्तो रुप भएको बच्चा जन्माएपछि गाउँलेहरु अचम्ममा परेका छन् भने त्यो अदभुत पाठा हेर्न अन्य गाउँका मानिस समेत भेला भएका छन् ।यद्यपि बाख्राले जन्माएका जुम्ल्याहा पाठा जिउँदा भने छैनन् । जन्मिँदै ती पाठा म’रेका थिए । बिहान साढे ६ बजे बाख्रीले पहिलो म’रेको पाठो जन्मायो, जसको आकार मान्छेको जस्तै थियो ।

    त्यसको पाँच घण्टापछि अर्को म’रेको पाठी जन्मियो । उक्त पाठीको आकार प्रकार पनि मान्छेको जस्तै थियो । समाचार अनुसार ती पाठा पाठीका ७० प्रतिशत रुपरंग मान्छेकै जस्ता छन् । आँखा, नाक र मुख मान्छेकै बच्चाको जस्तो छ । खुट्टा पनि मान्छेकै जस्ता छन् ।

    जिउ पनि मान्छेको जस्तै सिधा छ । मात्र फरक भनेको हातखुट्टामा औँलाको साटो खुर छन् भने कान पनि बाख्रोका जस्तै छन् । मान्छेका जस्ता बच्चा जन्माउने बाख्रोका मालिक भास्कर आफ्नो बाख्रोले डरलाग्दा पाठा पाठी जन्माएपछि निकै आत्तिएका छन् ।

    आफूले ४ वर्षदेखि त्यो बाख्रो पाल्दै आएको र अहिलेसम्म बाख्रोले १० वटा सामान्य पाठोपाठी पाएको उनले बताएका छन् । मान्छेको आकारका पाठापाठी जन्मिएछि त्यसलाई हेर्न सयौँ मानिस भास्करको घरमा भेला भएका छन् । त्यो घटना अशुभ संकेत भएको र गाउँमा प्रलय हुनसक्ने भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् । कतिपय गाउँलेहरुले ती म’रेका पाठापाठीलाई तत्कालै गाड्न सल्लाह दिएका छन् ।

    तर भास्करले भने आखिर के कारणले त्यस्तो भयो भन्ने कुराको परीक्षण गरेपछि मात्र पाठापाठी गाड्ने भनेका छन् । विज्ञहरुका अनुसार वंशाणुगत विकृति अर्थात् इन्फेक्सनका कारण त्यस्तो पाठापाठी जन्मिएका हुन् ।

    त्यसलाई चिकित्साको भाषामा फेटल एनासार्ता भनिन्छ । कर्नाटकको पशु विभागले भास्करको बाख्राले जन्माएका ती अचम्मका मृत पाठापाठीलाई सुरक्षित गरेर राख्ने र अर्को वर्षको अक्टोबरमा हुने दशरा प्रदर्शनीमा प्रदर्शनमा राख्ने योजना बनाएको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images