images
images
  • तातो हावाबाट ५१० जनाको मृत्यु

    स्पेन- स्पेनमा केही समययता गर्मीसँगै तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ । मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन्।

    स्पेनमा यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । १० तारिकदेखि तातो हावाको असरले ज्यान जानेको सङ्ख्या सोमबारसम्म ५१० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।

    गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images