images
images
  • बेलायतको प्रधानमन्त्री दौडमा ऋषि सुनकको अग्रता कायमै

    लन्डन- बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनकले सोमबार बेलायतको प्रधानमन्त्री बन्ने दौडमा आफ्नो अर्को अग्रता कायम राखेका छन् । कन्जरभेटिभ पार्टी नेताका लागि भएको तेस्रो चरणको मतदानमा उनले आफ्नो अग्रता कायमै राखेका हुन् ।

    सोमबार भएको कन्जरभेटिभ सांसदको तेस्रो चरणको मतदानमा सुनकले ११५ मत पाएका छन् भने पूर्व रक्षामन्त्री पेनी मोर्डन्टले ८२ र विदेशमन्त्री लिज ट्रसले ७१ मत प्राप्त गरेका छन् । यसअघि प्रधानमन्त्री जोनसनले दलको नेताबाट राजीनामा दिए पनि अगस्टपछि मात्र प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका थिए ।

    नयाँ प्रधानमन्त्री ५ सेप्टेम्बरमा घोषण हुने कार्यक्रम छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images