images
images
  • श्रीलंकामा राष्ट्रपतिको दौडबाट पछि हटे प्रेमदासा

    कोलम्बो- श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् ।

    उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् । देशको भलाईका लागि आफू पछि हटेको उनले बताएका छन् ।

    उनको पार्टीले गत साता राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा श्रीलंका पोदुजाना पेरामुनाका नेता तथा पूर्व सञ्चारमन्त्री दुल्लास अलाहपेरुमालाई राष्ट्रपतिमा समर्थन गर्ने जनाएको छ । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images