images
images
  • स्पेनको नाइटक्लबमा गोली चल्दा ५ जना घाइते

    म्याड्रिड- दक्षिणी स्पेनको मारबेलामा रहेको ओपियम नाइटक्लबमा सोमबार बिहान गोली र चक्कु हानाहानमा कम्तीमा पाँच जना घाइते भएका छन् ।

    पीडितमध्ये दुई जना सघन उपचारमा रहेको स्थानीय आपत्कालीन सेवाले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बन्दुकधारी कोस्टा डेल सोल अस्पतालमा प्रहरी हिरासतमा छन् । उनलाई धेरै चोट लागेको छ ।

    गोली लागेर अस्पताल लगिएका अन्य चारमध्ये दुई जनाको सघन उपचार भइरहेको छ । प्रहरीले गोली प्रहार गर्नेलाई साथ दिएका २६ वर्षीय एकजना संदिग्धलाई पनि पक्राउ गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images