images
images
  • अमेरिकामा दुई जहाज ठोक्किँदा चार जनाको ज्यान गयो

    काठमाडौँ- अमेरिकाको लस भेगसमा दुई साना जहाज एकआपसमा ठोक्किँदा चार जनाको ज्यान गुमेको छ।

    लस भेगसको दक्षिणी क्षेत्रमा रहेको विमानस्थलमा स्थानीय समयानुसार आइतबार मध्यान्ह दुई जहाज आपसमा ठोक्किएर दुर्घटना भएको सञ्चारमाध्यमहरुले लेखेका छन्।

    पाइपर पिए–४६ कलसाइन भएको जहाज र सेस्ना–१७२ जहाज एकापसमा ठोक्किँदा दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्।

    दुवै जहाजमा दुई–दुई जना चढेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images