images
images
  • एक लाखको राहत वितरण गर्दा बागमती सरकारले हेलिकप्टर भाडा २८ लाख खर्च

    काठमाडौं- २०७७ साउन २६ गते सिन्धुपाल्चोको लिदीमा पहिरो गयो। पहिरो पीडितका लागि राहत वितरणमा बाग्मती प्रदेशमा तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेल सहितको टोली हेलिकोप्टरमा राहत सामान बोकेर लिदी पुगे।

    मुख्यमन्त्री सहितका टोलीले १२ पटक सामान लैजान तथा स्थलगत अवलोकनमा सेनाको हेलिकप्टर प्रयोग गरे। तर समान थियो १ लाख ११ हजार रूपैयाँ बराबरको दाल, चामल र स्वास्थ्य सामग्री।

    उक्त सामान लैजान सेनाको हेलिकोप्टरलाई मात्रै २५ लाख ६८ हजार भुक्तानी भएको महालेखाको प्रतिवेदमा उल्लेख छ। साथै १ निजी हेलिकप्टर कम्पनीको ३ पटक हेलिकोप्टर प्रयोगमा समेत ३ लाख भुक्तानी सहित १ लाख ११ हजारको सामान लैजान २८ लाख ६८ हजार खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images