images
images
  • काठमाडौंमा मध्यरात चितुवाको आक्रमण, पाँच जना घाइते

    काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।

    स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो।

    चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

    घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

    उनकाअनुसार घाइते पाँचै जनाको शरिरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images