images
images
  • भृकुटीमण्डप ह्वील चेयर गोदामको आगलागी स्थलमा पुगे बालेन

    काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागी स्थलमा पुगेका छन् ।

    भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ ।

    आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौँ र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।

    दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images