images
images
  • देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

    श्रीलंका- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भागेका छन् । आर्थिक संकटका कारण जारी विरोध प्रदर्शनबीच उनी एक सैनिक विमानमार्फत भागेका हुन् ।

    ७३ वर्षीय राजपक्षे माल्दिभ्सको राजधानी माले पुगेका छन् । स्थानीय समयानुसार बुधबार बिहान ३ बजे उनी त्यहाँ पुगेको बीबीसीले जनाएको छ ।

    श्रीलंकाको वायुसेनाले राजपक्षे आफ्नी श्रीमती र दुई सुरक्षा अधिकारीहरूका साथ माल्दिभ्सतर्फ उडेको पुष्टि गरेको छ ।

    राजपक्षे भागेसँगै श्रीलंकामा दशकौँदेखि चल्दै आएको एक परिवारको शासनको अन्त्य भएको छ । गएको शनिबार त्यहाँका प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए । त्योसँगै राजपक्षे अज्ञातस्थलमा लुकेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images