images
images
  • आवेका हत्यारा भन्छन्ः ‘बम बनाउन खोज्दा बन्दुक बन्यो’

    जापानका पुर्व प्रधानमन्त्री सिन्जो आवेका हत्याराले बम बनाउन खोज्दा बन्दुक बनेको बताएका छन्। हत्याबारे विस्तृत अनुसन्धान गरिरहेको अनुसन्धान टोलीको गोप्य स्रोतले आइतबार बताएअनुसार हत्यारा तेत्स्यु यामागामीले बम बनाउन खोज्दा बन्दुक बनेको बताएका हुन्।

    सो समाचार जापानी मिडिया क्योडो न्युजले उल्लेख गरेको छ । ‘हत्यारा यामागामीले एउटा मात्र नभई अन्य थुप्रै होममेड बन्दुकहरू पनि बनाएको फेला परेको छ’ स्रोतले भनेको छ, ‘उनले बयानका क्रममा सुरुमा बम बनाउन खोजेको तर पछि त्यसबाट बन्दुक बनाएको बताएका छन्।’

    गएको शुक्रबार चुनावी भाषणका क्रममा जापानका पुर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार भएको थियो। गोली प्रहार भएको झन्डै ५ घण्टापछि आवेको मृत्युको घोषणा गरिएको थियो । आवेमाथि गोली प्रहार गर्ने व्यक्ति घटनास्थलबाटै पक्राउ परेका थिए।

    पक्राउपछि हत्याका आरोपित ४१ वर्षीय यामागामीमाथि प्रहरीले छानबिन र अनुसन्धान सुरु गरिरहेको छ। छानबिनको क्रममा पश्चिमी जापानको नारा सहरस्थित यामागामीको घरमा प्रहरीले खानतलासी गरेको थियो। सो क्रममा प्रहरीले बम र बन्दुक बनाउन प्रयोग गरिने थुप्रै सामांग्री बरामद गरेको थियो।

    क्योदो न्युजका अनुसार यामागामीले सुरुमा आफूले अन्य धार्मिक समूहका प्रमुखमाथि गोली हान्ने योजना बनाए पनि त्यसको सट्टा आवेमाथि गोली हानेको स्वीकारेका छन्। उनले आवेको हत्या किन गरे र हत्यापछि मुख्य हात कसको रहेको छ भन्नेबारे अनुसन्धान भइरहेको छ। एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images