images
images
  • हङकङमा मजदुरहरुबीच झडप, दुई नेपाली आरोपित

     हङकङ- हङकङको विमानस्थलस्थित तेस्रो रनवे निर्माणमा खटिएका कामदारहरुबीच चक्कु आक्रमण भएको छ। शुक्रबार साँझ ५ बजे भएको उक्त आक्रमणमा परी घाइते भएका १० जना मजदुरलाई नर्थ लाटनउ अस्पतालमा भर्ना गरिएको छ।

    उक्त दुई आक्रमणकारी नेपाली पुरुष रहेको स्थानीय प्रहरीले बताएको छ। प्रहरीले यो झडपमा संलग्न रहेको आरोपमा उनीहरुसहित कम्तीमा पाँचजनालाई पक्राउ गरेको छ। सार्वजनिक स्थानमा हानाहान गरेको आरोपमा उनीहरुमाथि मुद्दा चलाइएको छ।

    घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमले बताएका छन्। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। त्यस्तै अर्को एक मजदुरको आँखामा गम्भीर चोट लागेको छ।

    समाचारमा उल्लेख गरिएअनुसार साम शिङमा जानको लागि मजदुरहरु लाइनमा बसिरहेका थिए। सोही क्रममा दुई नेपाली आरोपितले लाइन मिचेका थिए।

    सोही क्रममा सुरु भएको विवाद झडपमा परिणत भएको हो। घटनापछि दुई नेपाली पुरुष घटनास्थलबाट भाग्ने प्रयासमा थिए तर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। भाग्ने क्रममा घाइते भएका एकजनाको अहिले उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images