images
images
  • बाबुराम भट्टराईलाई भेटेर बालेनले सुनाए महानगरका योजना

    काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

    भट्टराई निवासमा पुगेका बालेनले काठमाडौँको शहरी विकास र सभ्यताको विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

    छलफलमा महानगरका ढलहरु ४० वर्ष पुरानो भएकोले फेर्नुपर्ने मेयर बालेनले बताएका थिए ।

    उनले काठमाडौँमा सार्वजनिक सवारीलाई व्यवस्थित बनाउनको लागि एकीकृत ढंगले प्राधिकरण गठन गरेर एकद्वारा प्रणालीबाट सञ्चालन गर्ने योजना सुनाएका थिए ।

    काठमाडौँको सभ्यता र विकाससँग सँगै कसरी लैजाने भन्नेबारे बाबुराम भट्टराईको रायसमेत बालेनले मागेका थिए ।

    भट्टराई काठमाडौँ देशकै राजधानीमा युवा पुस्ताले गरेको विद्रोह सकारात्मक भएको भन्दै राजनीतिमा पढेलेखेका युवाहरु आउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images