images
images
  • जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली प्रहार

    काठमाडौं- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ ।  जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको हो।

    घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेको बताएका छन्।

    उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    गोली कसले र किन चलायो भन्ने पनि खुल्न सकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    को हुन् शिन्जो आबे
    ६७ वर्षीय शिन्जो आबे लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीका नेता हुन्। आबे सन् २००६–०७ मा जापानका प्रधानमन्त्री थिए। आबेलाई आक्रामक नेता मानिन्छ। शिन्जोलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोग थियो जसले उनलाई २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य तुल्यायो। शिन्जो आबे लगातार २८०३ दिन (७ वर्ष ६ महिना) प्रधानमन्त्री थिए। यसअघि यो कीर्तिमान उनकै काका इसाकु साइतोको नाममा थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images