images
images
  • सुपारीको विवादमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच झडप

    काठमाडौं- झापामा नेपाल प्रहरी र शसस्त्र प्रहरीबीच विवाद भएको छ । विवादकै क्रममा उनीहरुबीच सामान्य झडप भएको बताइएको छ । काँकरभिट्टा नाकामादुई सुरक्षा निकायबीच विवाद भएको बताइएको छ ।

    झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले सम्वन्यमा समस्या भएको बताए ।

    उनले भने,“सादा पोशाकका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच चिनजान नहुँदा सामान्य कुराकानी जस्तो भएको हो । त्यस्तो कुनै घटना होइन । दुवै सुरक्षा निकायका प्रमुखले त्यहाँ पुगेर जानकारी लिएका छन् । ठुलो विषय होइन ।”

    प्रहरीले चेकजाँचपछि छाडेका सुपारी सशस्त्रले रोकेपछि विवाद भएको बताइएको छ । तर प्रमुख जिल्ला अधिकारी रिजालले सुपारीको विवाद नभएको दाबी गरे ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images