images
images
  • हङकङकी साङ यीद्धारा छिटो सगरमाथा चढ्ने महिला आरोहीको कीर्तिमान


    काठमाडौं । हङकङकी आरोही सान यिन हङले महिलातर्फ सबैैभन्दा छोटो समयमै सगरमाथा आरोहण गर्ने कीर्तिमान राखेकी छिन् ।

    ४५ वर्षिया आरोहीले २६ घण्टाभित्रै सर्वोच्च शिखर आरोहण गरेकी हुन् । आधार शिविरबाट चुचुरोसम्म यति छोटो समयमै आरोहण गरेको जनाइएको छ ।
    यसअघि नेपालकी आरोही फुन्जो झ्याङ्मु लामाको नाममा छिटो आरोहणको कीर्तिमान रहेको थियो । उनले १५ मे २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथा चढेर छिटो चढ्ने कीर्तिमान राखेकी थिइन् ।

    पुरुषतर्फको कीर्तिमान भने पेम्बा दोर्जे शेर्पाको नाममा छ । उनले सन् २००४ मा राखेको ८ घण्टा १० मिनेटको रेकर्ड त्यसयता कसैले पनि तोड्न सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images