images
images
  • बालाजुमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

    काठमाडौं- महानगरपालिका-१६ बालाजु पुल वारी सडकमा बा ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    आज बिहान भएको दुर्घटनामा चालक काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images