images
images
  • रामेछापको लुभुघाटमा बस दुर्घटना, ४० जना घाइते

    रामेछाप- रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ ।

    हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले  बताए ।

    दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापका डिएसपी थिङ दुर्घटनास्थलमा जाँदै छन् ।

    लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images