images
images
  • दक्षिण चीन सागरमा १२ शव फेला

    बेइजिङ- दक्षिण चीन सागरमा १२ शव फेला परेका छन् । फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ । । दुर्घटनाग्रस्त जहाजमा चालक दलका ३० जना सदस्य थिए ।

    हङकङको दक्षिणपश्चिममा १६० समुद्री माइल टाढा रहेको एउटा इन्जिनियरिङ जहाज टाइफुनपछि दुर्घटनामा परेको थियो । टाइफुनका कारण जहाजमा ठूलो क्षति भएको थियो । टाइफुनले जहाज दुई टुक्रामा विभाजित भएको थियो ।

    चिनियाँ सञ्चार माध्यमका अनुसार शनिबार तीन जना र थप एक जनालाई सोमबार बिहान उद्धार गरिएको थियो ।

    हङकङका अधिकारीहरूले यसअघि उपलब्ध गराएको नाटकीय फुटेजमा एक व्यक्तिलाई हेलिकप्टरमा चढेको देखाइएको थियो जबकि छालहरू तल अर्ध डुबेको जहाजको डेकमा ठोक्किएको थियो । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images