किभ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।
पुटिनलाई रुसी टेलिभिजनमा पहिले नै स्वीकृत योजनाू अनुसार आफ्ना लक्ष्य पछ्याउन अन्य मोर्चामा पनि अघि बढ्न आह्वान गर्दै गरेको देखाइएको थियो।
लिसेचान्स्कमा कब्जा गर्नुको अर्थ लुहान्स्क क्षेत्र अब रुसी हातमा छ भन्ने हो।
यसैबीच एकजना वरिष्ठ युक्रेनी अधिकारीले लिसेचान्स्क सहरमा आफ्नो नियन्त्रण गुमेपछि रुसी फौजलाई पश्चिमतर्फ अघि बढ्नबाट रोक्नका निम्ति आफूहरूले सैन्य सुदृढीकरण गरिरहेको बताएका छन्।
रुसी कब्जामा रहेको लुहान्स्कका गभर्नर सेर्ही हाइडाईले युक्रेनी सेना पछि हट्ने क्रममा कुनै पनि क्षति नभएको बताएका हुन्।
युक्रेनी अधिकारीको भनाइ
उनले रुसी सैनिकहरूलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि युक्रेनी फौजले आफूलाई सुदृढ पारिरहेको दाबी गरेका छन्।
उनले रुसीहरूले टाढैबाट हमला गरेर सहर ध्वस्त नपारुन् भनेर आफूहरूले त्यसलाई छाडेको बताए।
उनले लुहासन्स्क रुसी नियन्त्रण जानु पीडादायी भएको भन्दै तर आफूहरूले एउटा लडाइँ हारे पनि पूरै युद्ध नहारेको बताएका छन्।
रुसी बमबारी
रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरहरूमा बमबारीलाई तीव्र पारेको छ। उसले स्लोभियान्स्क र क्रामाटोर्स्कलाई लक्षित गरी त्यस्ता हमलाहरू गरिरहेको छ।
डोनेट्स्क र लुहान्स्क दुवै औद्योगिक डोन्बास क्षेत्रमा पर्छन्।
पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई लुहान्स्क कब्जा गर्ने अभियानमा भाग लिएका सैनिकहरूले आराम गर्दै लडाइँको क्षमता विकास गर्नुपर्नेू बताएको देखिएको थियो।
पूर्वी र पश्चिमी क्षेत्रका समूह लगायत अन्य सैन्य एकाइहरूले पूर्वस्वीकृत योजना अनुसार आफ्नो कार्यहरू पूरा गर्नुपर्छ, उनले भने।
पुटिनले ती मोर्चामा पनि उनीहरूले लुहान्स्क क्षेत्रमा जस्तै सफलता पाउने आशा व्यक्त गरेका छन्। -बिबिसी


विश्व खबर 


















