images
images
  • उच्च अदालत पाटनमा शाखा अधिकृत र उपसचिवबीच कुटाकुट

    काठमाडौं- उच्च अदालत पाटनमा शाखा अधिकृत र उपसचिवबीच आइतवार कुटाकुट भएको छ ।

    शाखा अधिकृत हिरालाल भुसालले उपसचिव रमेश श्रेष्ठलाई कार्यकक्षमै गएर कुटपिट गरेको स्रोतले जानकारी दियो ।

    स्रोतका अनुसार उनीहरूबीच म्याद थपको विषयलाई लिएर कुटाकुट भएको हो ।

    यस विषयमा रजिष्ट्रार ठगिन्द्र कट्टेलसँग सम्पर्क गर्दा उनले आफू बाहिर रहेको र त्यस्तो घटना नभएको बताए । तर, उनले सो विषयको समाचार नलेखिदिन भने आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images