काठमाडौं उपत्यकामा हैजा रोगको बिरामीको संख्या १७ जना पुगेको छ। शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै हैजाका बिरामीको संख्या १७ पुगेको हो।
हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको छ।
बिरामीमा हैजा रोगको स्रोत पानी देखिएको डा. दासले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मन लाल दासले बताए।
परीक्षण गरिएको सबैतिरको पानीमा दिसाको जीवाणु भेटिएकाले उमालेर पानी पिउन महाशाखाले भनेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















