images
images
  • सडकमा मकै बेच्नेमाथि लछारपछार गरि नगर प्रहरीले ठेला नियन्त्रणमा लिएपछि बालेन्द्रको चर्को विरोध

    काठमाडौं- मकै बेच्दै हिँडेकी महिलाको ठेला काठमाडौं महानगरको नगर प्रहरीले नियन्त्रणमा लिएको छ। महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएको हो।

    नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन्। तर, नगर प्रहरीले उनलाई हुत्याइदिएको भिडियोमा देख्न सकिन्छ। नियन्त्रणमा रहेको ठेला एक पुरुषले छुट्याउन खोज्दा नगर प्रहरीले उनलाई पनि हुत्याइदिन्छन्।

    परिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अमानवीय व्यवहारलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस चलिरहको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई समेत विरोध गरेका छन्।

    ‘आज यी सामन्ती व्यापारीको घरमा चुलो बल्यो कि बलेन होला मेयरसाप?,’ दमोदर उपाध्यायले बालेन्द्रलाई ट्वीटरमा मेन्सन गर्दै प्रश्न गरेका छन्।

    रमेश खतिवडाले रोजिरोटीको ग्यारेन्टी गरेरमात्र फुटपाथ बजारको व्यवस्था गर्न आग्रह गरेका छन्। ‘मेयर साप, महानगर व्यवस्थित गर्नुपर्छ तर पहिला गरिबको रोजिरोटीको व्यवस्था गर्नुहोस्। घोषणा पत्रमा भएबमोजिम वैकल्पिक फुटपाथ बजारको व्यवस्था गर्नुहोस्। अनिमात्र महानगरसँग यस्तो गर्ने नैतिकता रहन्छ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images