images
images
  • काठमाडौंका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध !

    काठमाडौं- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगाएको छ। आज सूचना जारी गर्दै महानगरले सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगाएको हो। पछिल्लो समय महानगरमा माग्नेको संख्या बढ्दै गइरहेको गुनासो आएपछि यस्तो निर्णय लिइएको हो।

    यद्यपि, कुनै धार्मिक कार्यका लागिर साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग्न भने रोक नहुने महानगरले जनाएको छ।

    महानगरले बालबालिकाको प्रयोग गरि माग्ने काम नगर्न पनि सचेत गराएको छ। ‘बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य कुनै व्यक्तिलाई कुने प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन,’ सूचनामा भनिएको छ।

    महानगरले असाहय, बेवारिसे र अशक्तहरुका लागि मानव सेवा आश्रमसँग सहकार्य गरेर व्यवस्थापन गरिरहेको जनाएको छ। महानगरले सूचनाको वेवास्ता गरेर भिक्षा माग्न लगाएमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ।

    290385142 377359594380126 1486713964997210987 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images