images
images
  • पुटिनले युक्रेनमा दुष्ट काम गरेः बेलायती प्रधानमन्त्री जोनसन

    लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुष्ट काम गरेको बताएका छन् । जोनसनले भने, ‘ मलाई लाग्छ पुटिनले युक्रेनमा जे गरेका छन, त्यो नराम्रो छ । ’

    उनले अगाडि थपे, ‘यो निर्दोष जनताविरुद्धको अनावश्यक आक्रमणको भयावह कार्य हो । ’म्याड्रिडमा नेटो नेताहरुको बैठक भइरहेका बेला रुसी सेनाले युक्रेनमा आक्रमणलाई तीव्र बनाएको छ । रुसी सेनाले दक्षिणी माइकोलाइभ क्षेत्र र ब्ल्याक सीनजिक क्षेप्यास्त्र हमलाहरू र गोलाबारी गरेको छ ।

    रुसले युक्रेनमाथि हमला सुरु गरेपछि देखि नै प्रधानमन्त्री जोनसनले युक्रेनको समर्थनमा बोल्दै आएका छन् । उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग नियमित टेलिफोन गर्नुका साथै हमलापछि मात्रै दुई पटक किभको भ्रमण गरेका छन् । एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images