images
images
  • कुकुरको जन्मदिनमा सय केजीको केक, ४ हजार पाहुना

    काठमाडौं- कुकुर मानिसको सबैभन्दा भरपर्दो साथी हो भनेर धेरैले भन्ने गर्छन् । कुकुरले आफ्ना मालिकप्रति देखाउने व्यवहारले पनि धेरैलाई भावुकसमेत बनाउने गर्छ । कुकुरलाई मानिसको सबैभन्दा पुरानो साथीसमेत भन्ने गरिन्छ । आफ्नो यो प्रिय साथीलाई खुसी बनाउन मानिसहरुले विभिन्न क्रियाकलापसमेत गर्ने गर्छन् । यस्तै, भारतका एक व्यक्तिले आफ्नो कुकुरलाई खुसी बनाउन निकै रोचक तरिका अपनाएका छन् ।

    भारतको कर्नाटकका एक व्यक्तिले आफ्नो कुकुर कृषप्रति देखाएको व्यवहारको धेरैले निकै प्रशंसा योग्य रहेको छ ।

    शिभप्पा यलप्पा मराडीलेले आफ्नो कुकुरको जन्मदिन ‘ग्रान्ड सेलिब्रेसन’ सहित गरेका छन् । उनले यो दिनलाई यति विशेष बनाउन चाहन्थे कि सय किलो केकसमेत ल्याए । जन्मदिन मनाएको भिडियो सोसल मिडियामा चर्चाको विषयसमेत बनेको छ ।

    एएनआईका अनुसार उक्त कार्यक्रममा लगभग चार हजार पाहुनालाई आमन्त्रण गरिएको थियो (एजेन्सी)

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images