images
images
  • दोलखामा भिरबाट लडेर युवाको मृत्यु

    दोलखा- दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।

    लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

    लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका–१ स्थित रिकु भिरमुनि लडेको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले बताए।

    तामाकोसी किनारमा भिरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले शव निकालेको थियो। हाल शव परीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतलामा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images