images
images
  • कोटेश्वरमा हाइसले ठक्कर दिदा एकजनाको ज्यान गयो

    काठमाडौं कोटेश्वरमा हाइसले क्कर दिदा एकजनाको ज्यान गएको छ।

    आज साँझ ट्रक र माइक्रोबस एकापसमा ठोक्किएर दुर्घटना भएको हो । प्रदेश २–००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बरको माइक्रो आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

    ठोक्किएपछि भक्तपुर–रत्नपार्क रुटमा गुड्ने माइक्रोबस क्षतिग्रस्त बनेको छ ।

    दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जाको थेलचोङ घर भएका ५२ वर्षीय देवकुमार सेन रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मुत्यु भएको हो । माइक्रो चालक फरार छन् भने सहचालक २३ वर्षीय विमल कुमार सुनारको उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images