५ असार २०७८, शनिबार   |  June 19, 2021
advertisement of bishwo khabr
Tika Gurung

स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन

स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन


काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ ।

कोरोना महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने तीन जना पक्राउ परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n