images
images
  • धादिङमा डेंगु संक्रमित बिरामीको मृत्यु

    धादिङमा डेंगुको उपचाररत एक बिरामीको ज्यान गएको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

    बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादिङ अस्पतालमा पुगेका थिए । ल्याब परीक्षणबाट उनमा डेंगु रोगको संक्रमण पुष्टि भएको थियो ।

    संक्रमणपछि धादिङ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेट डा। मधुकर दाहालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्

    images