images
images
  • साउदीद्धारा १ हजारबढी नेपालीलाई बहिर्गमन भिषा

    काठमाडौं- साउदी अरेबियामा बैदेशिक रोजगारको क्रममा लामो समयदेखि कार्यरत रहँदा सम्बन्धीत कम्पनीले नविकरण नगरेका, हुरुप लगाएकातथा अन्य कारणले अलपत्र परेका नेपालीको लागि नेपाली दूतावासको सहयोगमा साउदी सरकारले १ हजार १ सय ७९ जनाको बहिर्गमन भिषा जारी गरेको छ।

    नेपाली दुतावास रियादको सहयोगमा १ हजार १ सय ४३ जना र बाणिज्य दूतावास जेद्धाको सहयोगमा ३६ जनागरी साउदी सरकारले १ हजार १ सय ७९ नेपालीको बहिर्गमन भिषा जारी गरेको छ। जसबाट उनीहरू अब सहजैरूपमा स्वदेश फिर्ता हुने भएका छन्।

    नेपाली दुतावासले साउदीमा कार्यरत नेपालीलाई राहदानी नविकरण लागि अस्थायीरुपमा राहदानी आवेदन संकलनका लागि साउदीको ताबुक, आभा, खमिस, दमाम, जुवेल शहरमा कार्यालय व्यवस्था गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images